
काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा २८ औं जनयुद्ध दिवस मनाएको छ ।

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल, पार्टी पदाधिकारी तथा नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

जनयुद्ध अवसरमा प्रधानमन्त्री दाहालले सहिदहरूको सम्झनामा निर्माण भएको सहिद स्मारक स्तम्भमा माल्यार्पण गरेका थिए ।
जनयुद्ध दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको यो पहिलो पटक हो ।
.jpg)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको तेस्रो पटकमा सार्वजनिक विदा दिएका हुन् ।
माओवादीले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ ।












प्रतिक्रिया