३० कार्तिक २०८३, सोमबार

चिकित्सक संघको आन्दोलनले वीर अस्पतालमा बिरामी अलपत्र

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालका बिरामीहरु समस्यामा परेका छन् ।

ट्रमा सेन्टरका डाक्टरमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको विरोधमा चिकित्सक संघले आज देशभरनै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । आन्दोलनका कारण उपचारका लागि अस्पताल आएका बिरामीहरु समस्यामा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न आग्रह गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।

डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको छ ।