३० कार्तिक २०८३, सोमबार

रेशम चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले भनेः जेलमुक्त गर्न पहल गर्छु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले  डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिबार कैलालीको जानकी गाउँपालिका-६ स्थित जगतपुर स्थित चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले चौधरीलाई रिहा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री शाहले चौधरीको निवासमा पुगेर उनकी आमा र परिवारका अन्य सदस्यसँग भेट गरेका हुन् ।

‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, मुख्यमन्त्री शाहले भने ।

शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।  नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि राजीनामा दिएसँगै नेपाली कांग्रेसका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ । निर्णायक मतकै लागि टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई जेलमुक्त गर्ने प्रतिबद्धता गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन् । विश्वासको मतको लागि २७ सांसदको समर्थन चाहिन्छ ।