
मकवानपुर, २८ माघ । मकवानपुरमा भीरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ ।
गएराति ११ बजे जिल्लाको इन्द्रसरोबर-२ डाँडाघर स्थित स्थानीय ५३ वर्षीय तिर्थ लामाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकीको बिहेमा पुगेर घर फकर्दै गर्दा भीरबाट लडेर करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया