
काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
बिहीबार संसदबाट विश्वासको मत नपाएपछि नेकपा एमालेका राजेन्द्रसिंह रावल पदमुक्त भएपछि बिहीबारनै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधान धारा १६८ को उपधारा २ बमोजिम एमालेबाट मुख्यमन्त्री चयन भएका रावलले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार कांग्रेस प्रदेश संसदिय दलका नेता शाहले मुख्यमन्त्रीमा दाबी पेश गरे लगत्तै प्रदेश प्रमुख जोशीले उनलाई नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको शपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ ।












प्रतिक्रिया