
काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।
आज अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक तयारी पूरा भएको छ ।












प्रतिक्रिया