३० कार्तिक २०८३, सोमबार

अनेमसंघको राष्ट्रिय सम्मेलन तयारी भेला सम्पन्न

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलनको तयारी भेला सम्पन्न भएको छ ।

मंगलबार सम्मेलन आयोजक कमिटीकी संयोजक थममाया थापाको अध्यक्षतामा बसेको भेलामा नेकपा एमाले स्थायी समिति सदस्य सीता पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा सम्मेलनको तयारीको सम्बन्धमा हालसम्म भएको कामबारे जानकारी गराइएको थियो भने अनेमसंघका नेता, कार्यकर्ता र सदस्यहरूको दायित्व र आगामी कार्ययोजनाहरू बारेमा जानकारी दिइएको थियो ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले उपत्यकामा उपलब्ध आयोजक कमिटीका सदस्यहरू र अनेमसंघ बागमती प्रदेश कमिटीका सदस्यहरूको सहभागितामा भेला आयोजना गरिएको थियो ।

No description available.