
काठमाडौं, २३ माघ । राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक मोन्टी देसाई नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आज देसाईलाई नियुक्ति दिएको हो। देसाई केही दिनअघि नै नेपाल आएर प्रशिक्षणमा सहभागी भइसकेका छन् ।
अघिल्लो महिना क्यानको छनोट समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै खेलकुद परिषदसँग अनुमति मागेको थियो। भारतीय देसाईले भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ ।
यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए । देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।















प्रतिक्रिया