३० कार्तिक २०८३, सोमबार

रविसँग भारी मतले पराजित बनेका उमेश श्रेष्ठले दिए स्वतः विजयी घोषणा गर्न माग गर्दै निवेदन

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २२ माघ । चितवन-२ मा रास्वपाका सभापति रवि लामिछानेसँग भारी मतले पराजित बनेका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सभापति लामिछानेको नेपाली नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर भएपछि कांग्रेस नेता श्रेष्ठले आइतबार आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निवेदन दिएका हुन् ।

४ मंसिरमा भएको निर्वाचनमा चितवन-२ मा लामिछाने ४९ हजार ३ सय मतसहित निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए । उनीहरुको मतान्तर ३४ हजार ३२१ रहेको थियो ।