
काठमाडौं, २२ माघ । संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु अनुपस्थित छन् ।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको बताइएको छ ।
बैठकअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।
हाल रास्वपाको बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय हुने बुझिएको छ ।












प्रतिक्रिया