१ मंसिर २०८३, मंगलबार

राष्ट्रियसभा उपाध्यक्षका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रियसभा उपाध्यक्षका लागि नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ ।

आइतबार बसेको कांग्रेसको पदाधिकारी  बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको लेखकले बताए ।

राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने तयारी छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।