३० कार्तिक २०८३, सोमबार

रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्ड

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि लामिछानेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।  उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

हाल रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय हुने बताइएको छ ।

यसअघि शनिबार साँझ बसेको रास्वपाको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

रास्वपाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तावमाथि छलफल हुने र निर्णय लिइने बुझिएको छ ।

यसैबीच, बैठकपछि रास्वपाका सभापति लामिछानेले आज विषेश पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । सामाजिक सञ्जालमा लैख्दै उनले पार्टीको बैठकले ठोस निर्णय लिने र आफूले विषेश पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् ।

उनले भनेका छन्,‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।’