३० कार्तिक २०८३, सोमबार

पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको साथ र सहयोग हुन्छः मन्त्री श्रेष्ठ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ माघ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई प्रदेश सरकारको साथ र सहयोग हुने बताएका छन् ।

प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा मकवानपुरले गरेको ‘सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्लो समयमा नेपाली अर्थ ब्यवस्थामा आर्थिक संकट आएको र त्यसको असर पत्रकारिता क्षेत्रमा पनि परेको बताए ।

मन्त्री श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले देशमा आमुल परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण रहेको बताउँदै पत्रकारहरुलाई हरेक क्षेत्रमा प्रदेश सरकारको सहयोग रहने बताए । उनले पत्रकारहरुले मन्त्री र सरकारलाई खुइल्याउने मात्र भन्दा पनि रचनात्मक सुझाव र सहयोग गर्न उनले आग्रह गरे ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले पत्रकारका निम्ती आफ्नो मन्त्रालयबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशका १० हजार जना युवाहरुलाई श्रम र रोजगार मुलक तालिम दिएर रोजगारी शृजना गर्ने तयारी भइरहेको समेत बताए ।

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव नविन सिग्देल, सहसचिव हिदम लामा, प्रचार विभाग प्रमुख ध्रुबप्रसाद चौँलागाई, चौतारी केन्द्रीय सदस्य हरि हुमागाईँ, प्रदेश महासचिव प्रकाश दाहाल, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगाएतको आतिथ्यता रहेको थियो ।