१ मंसिर २०८३, मंगलबार

आज बागमती प्रदेश सभाको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २२ माघ । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने भएको छ ।

आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार प्रदेश सभा बैठकको लागि कार्यसूची तयार पार्न बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

प्रदेश सभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो ।