१ मंसिर २०८३, मंगलबार

लेनदेनको विषयलाई लिएर युवकमाथि निर्घात कुटपिट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सिन्धुपाल्चोक, २१ माघ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ तल्लो चौतारीमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

शुक्रबार मेलम्ची-११ जलुके बस्ने २८ वर्षीय सन्तोष पाण्डेमाथि कुटपिट भएको हो । तल्लो चौतारी बाटो हिँडिराखेको अवस्थामा मेलम्ची-९ ज्यामिरेका अन्दाजी ३५ वर्षीय रवि गिरी र हेलम्बु गाउँपालिका-२ बस्ने ३० वर्षीय प्रदिप ज्योतिले लेनदेनको विषयलाई लिएर कुटपिट गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका सन्तोषलाई नगर अस्पताल मेलम्चीमा सामान्य उपचार पश्चात थप उपचारको लागी न्यूरो अस्पताल बासबारी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

सन्तोषमाथि कुटपिट गर्ने रवि, प्रदिप फरार रहेको र उनीहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।