३० कार्तिक २०८३, सोमबार

रास्वपाले गृह मन्त्रालयको लागि दिएको अल्टिमेटम आज सकिँदै, के होला ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको दुई दिनको समय सीमा आज शनिबार सकिँदै छ ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि रास्वपाले दुई दिन कुर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको उप्रधानसहित गृहमन्त्री र सांसदबाट पदमुक्त गरेको थियो ।

लामिछानेले १५ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

यसपछि लामिछानेले पुनः आफूलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग अनुरोध गर्दै आइरहेका छन् ।

प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्ड आनाकानी गरिरहेका छन् । जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो । उक्त अल्टिमेटम शनिबार सकिँदै छ ।

सत्ता साझेदारदलहरुबीच भएको सहमति अनुसार रास्वपाले गृहमन्त्री दाबी गर्दै आएको छ । रास्वपाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिइसकेको छ ।

रास्वपाले दिएको समय आज सकिँदै गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले रास्वपा बारे निर्णय लिने बताइएको छ ।