३० कार्तिक २०८३, सोमबार

कर्णालीको मुख्यन्यायाधिवक्तामा खड्का

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २१ माघ । कर्णाली प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा दैलेखको महावु गाउँपालिका–३ का नरबहादुर खड्का नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान, २०७२ को धारा १६० बमोजिम खड्कालाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरियोस भनी बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका थिए । खड्कालाई प्रदेश प्रमुख परियारले शुक्रबार मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

खड्कालाई उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सर्वोच्च अदालत बार एशोसियसनको सदस्यकारुपमा काम गर्दै आएका नवनियुक्त मुख्यन्यायाधिवक्ता खड्काले व्यवस्थापन र कानुनमा स्नातकोत्तर तह अध्ययन गरेका छन् ।