
काठमाडौं, २० माघ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ ।
महाशाखाले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
महाशाखा अनुसार यस्तो छ आजको मौसमः
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसोː प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीː प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।












प्रतिक्रिया