३० कार्तिक २०८३, सोमबार

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन नेपाल आइपुगे

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ ।

भ्रमण सम्पन्न गरी उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।