
दोलखा, १९ माघ । दोलखाको कालिञ्चोक गाउँपालिका-९ कटुवाचौरमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ ।
गएराति स्थानीय रुद्रबहादुर थामीको घरबाट सुरु भएको आगलागीले ९ वटा घर जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार घटनाको बारेमा प्रहरीलाई आज बिहान ३ बजे खबर आएको थियो । खबर आउँन साथ प्रहरी टोली घटनास्थलमा खटिएको उनले बताए ।
आगलागीबाट ९ वटा घरमा रहेको विभिन्न किराना पसल, साना होटलहरु जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षेति भने नभएको रेग्मीले बताए ।

आगलागीबाट रूद्रको घरसँगै रहेको स्थानीय राम बहादुर थामी, गोपिलाल थामी, अमृत वली, शंकरकुमार वली, नवराज सेढाई, चित्रबहादुर सेढाई, दुर्गा वली र स्वस्थानि सेढाईको घर जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयको सहयोगमा बिहान ७ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगोलागी कारण नखुलेको तर विद्युत सर्ट भएर आगोलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको क्षति विवरण संकलन र अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।













प्रतिक्रिया