
काठमाडौं, १९ माघ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्न बैठक बोलाइएको हो ।
बैठक आज बिहान ९ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकले राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार तय गर्ने बताइएको छ ।
कांग्रेस संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ ।












प्रतिक्रिया