३१ आश्विन २०८३, शनिबार

क्यानका सचिव मल्लले दिए राजीनामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार पोखरामा बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा मल्लले राजीनामा दिएका हुन् ।

हालै सम्पन्न नेपाल टी–२० क्रिकेट लिग विवादमा परेपछि चौतर्फी आलोचना भइरहेको बेला मल्लले राजीनामा दिएका हुन् ।

मल्ल २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

मल्लले राजीनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

मंगलबारनै बसेको क्यानको बैठकले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।