३१ आश्विन २०८३, शनिबार

यू–२० राष्ट्रिय महिला फुटबल टीमको बिदाइ

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२० राष्ट्रिय महिला फुटबल टीमलाई बिदाइ गरेको छ ।

एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

बिदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अनुशासित भएर लक्ष्य प्राप्तिका लागि खेल प्रदर्शन गर्न गरे । महिला यू–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।