३१ आश्विन २०८३, शनिबार

मंगलबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५ सयले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५ हजार ८०० रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

चाँदी प्रतितोला एक हजार ३६५ रुपैँयामा कारोबार भइरहेको छ ।