३० कार्तिक २०८३, सोमबार

मेयर बालेनले प्रधानमन्त्री प्रचण्डलाई भेटे

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भेटेका छन् ।

मेयर शाहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । उनीहरूबीच सुकुम्वासी समस्या समाधानलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पछिल्लो समय मेयर शाहको कार्यशैलिमा असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन भइरहको छ । आइतबार पनि मेयर शाहविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको थियो ।

महानगरका स्थानीय बासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका थिए ।