३० कार्तिक २०८३, सोमबार

धनुषामा जेल तोडेर ६ अभियुक्त फरार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १६ माघ । मधेश प्रदेशको धनुषामा जेल तोडेर ६ जना अभियुक्त फरार भएका छन् ।

आज सोमबार बिहान २ बजेदेखि ४ बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीप क्षेत्रीले जानकारी दिए ।

उनले हिरासतमा रहेका ७ जना अभियुक्त मध्ये ६ जना फरार भएको बताए । उनले फरार भएका ६ जनाको खोजी कार्य तीब्र पारिएको जानकारी दिए ।

उनीहरुमाथि हातहतियार, लागुऔषध र अभद्र व्यवहार सम्बन्धी मुद्दामा म्याद थप भएर अनुसन्धान भइरहेको थियो ।