३० कार्तिक २०८३, सोमबार

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेस उपसभापति खड्काको माग

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उपसभापति खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका हुन् । खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनेपर्ने बताएका छन् ।

उपसभापति खड्काले भनेका छन्ः

दायाँबायाँ नसोचि,नहेरि !
निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेरा बाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ
यश तर्फ बेलैमा ध्यान जाओस