३१ आश्विन २०८३, शनिबार

कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।

यसअघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।

यसअघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।