शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रविजी मेरो आशाको केन्द्र हुनुहुन्थ्योः सिके राउत

दैनिक नेपाल २०७९ माघ १४ गते ५:४७

काठमाडौं, १४ माघ । जनमत पार्टीका अध्यक्ष सिके राउतले रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझलामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सामाजिक सञ्जालमा लेख्दै राउतले रवि आफ्नो लागि आशाको केन्द्र रहेको बताएका हुन् ।

राउतले भनेका छन्ः

प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि गैरनागरिक रहेको ठहर गरेको छ । रविको मन्त्रीसहित सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पद पनि गुमेको छ ।

प्रतिक्रिया
सम्बन्धित