बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

दैनिक नेपाल २०७९ माघ १४ गते ५:३३

वालिङ, १४ माघ । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट शुक्रबार साँझ एक पैदल यात्रुको मृत्यु भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले बाटोमा हिँडिरहेका पुतलीबजार ११ करेण्डाँडाका ७२ वर्षीय यामबहादुर जिटीलाई ठक्कर दिँदा जिटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमबहादुर थापाले जानकारी दिए ।

ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित