बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

दैनिक नेपाल २०७९ माघ १३ गते ९:५३

काठमाडौं, १३ माघ । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

अनेरास्ववियूले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेको हो ।

शिक्षामन्त्री खनालले निजी क्षेत्रलाई पोसेको उनीहरुको आरोप छ ।

उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामा समेत माग गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित