बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुन्छः नेता रिजाल

दैनिक नेपाल २०७९ माघ १३ गते ८:३२

काठमाडौं, १३ माघ ।  नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता रिजालले कांग्रेसको गठबन्धन भत्काउने योजना माओवादी केन्द्रले पनि बुझेको उल्लेख गर्दै उनले सभामुख र उपसभामुख निर्वाचनमा जस्तै राष्ट्रपति निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताए ।

नेता रिजालले भनेका छन्ः

‘एमालेको राष्ट्रपति भए प्रचण्डलाई अप्ठेरो पर्छ’ भनेर तर्साइरहेका/तर्सिरहेकाहरुले २०६६ वैशाख २० गतेलाई सम्झे पुग्छ । कांग्रेसका रामवरण यादव राष्ट्रपति भएको बेला प्रधानसेनापति हटाउन नसक्दा प्रचण्डले ‘नागरिक सर्वोच्चता’ भन्दै राजीनामा दिएर हिँड्नपरेको तथ्य सुरक्षित छ । दिनुपर्ने ठाउँमा नदिने र लिनुपर्ने ठाउँबाट जसरी पनि लिने कांग्रेसलाई माओवादीले चिनेको छैन होला र ? गठबन्धन भत्काउन गरिएको योजना र प्रचारवाजी यसपटक पनि परास्त हुनेछ– सभामुख/उपसभामुख निर्वाचनमा जस्तै ।

प्रतिक्रिया
सम्बन्धित