शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

हेटौंडाकी मेयर लामाको कार्यकक्षमा पत्रकारमाथि दुर्व्यवहार

दैनिक नेपाल २०७९ माघ १२ गते २१:४८

मेयर मीना कुमारी लामा/फाइल तस्वीर

हेटौंडा, १२ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको कार्यकक्षमा समाचार संकलनको लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

बिहीबार समाचार संकलनका लागि उपमहानगरपालिका पुगेका प्रहर खबर डटकमका संवाददाता एवं प्रेस चौतारी मकवानपुरका कार्यसमिति सदस्य संजिव सुनारमाथि दुर्व्यवहार भएको हो ।

वडा ५ संयुक्त युवा क्लबका संयोजक विशालराज महतको टोलीले मेयर लामालाई ध्यानार्कषण पत्र बुझाउने क्रममा उपमहानगरपालिकाको कार्यालय पुगेका पत्रकार सुनारले समाचारका लागि भिडियो खिच्ने क्रममा मेयरकी स्वकीय सचिव रुपा बिडारीसहितको कर्मचारीहरुले सुनारमाथि दुर्व्यवहार गरेका थिए ।

मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित ‘स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता चौथों सस्करण २०७९’ सञ्चालनमा भएको लाखौं अदृश्य खर्च भएको देखिएपछि सत्य तथ्य छानविनको माग गर्दै महतसहितको टोलीले ध्यानार्कषण पत्र बुझाएका थिए ।

ध्यानार्कषण पत्र

यसैबिच, मेयर लामाको स्वकिय सचिवालयका कर्मचारीले पत्रकारमाथी दुर्व्यवहार गरेको घटनामा प्रेस चौतारी मकवानपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चौतारी मकवानपुरका सचिव रुपक कालिराजले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै सूचना संकलन गर्न जाँदा भएको दुर्व्यवहार स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता भएको जनाएका छन् ।

‘हरेक घटनाको सत्य, तथ्य सूचना पाउने जनताको अधिकार हो । उक्त अधिकारको रक्षा गर्न र सत्य तथ्य सूचना संकलन गर्न जादाँ पत्रकार माथि मेयर लामाको सचिवालयका कर्मचारीले कस्को आदेशले भिडियो खिचिएको भन्दै दुर्व्यवहार गर्नुले स्वतन्त्र प्रेस माथि अंकुश लगाउन खोज्ने अराजकता प्रस्तुत भएको छ । मेयर लामाकी स्वकीय सचिव रुपा बिडारी सहितको टोलीले दुर्व्यवहार गरेको हो’, विज्ञप्तिमा भनिएको छ, ‘बिडारीले आफुपनि पहिला पत्रकार भएको भन्दै सो खिचिएको भिडियो डिलेट गर्नका लागि आदेश दिदैँ दुर्व्यवहार गर्नुले स्वतन्त्र पत्रकारिता र लोकतन्त्रको उपहास भएको छ । त्यसैले प्रेस चौतारी नेपाल मकवानपुर उक्त घटनाको घोर निन्दा एव् भत्सना गर्दै खेद प्रकट गर्दछ ।’

प्रतिक्रिया
सम्बन्धित