बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

हनुमानढोका नासल चोकमा आज वसन्त श्रवण

दैनिक नेपाल २०७९ माघ १२ गते ६:३९

काठमाडौं, १२ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासल चोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित