
काठमाडौं, ११ माघ । मुगु लगायतका हिमाली जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ ।
वर्षा तथा हिमपातले अत्यधिक चिसो बढेपछि मुगुको जनजीवन कष्टकर बनेको छ । हिउँ पर्दा स्थानीय कृषक भने खुशी भएका छन् ।
यो वर्ष ढिलै भएपनि हिउँ परेपछि अन्नबाली र फलफूल उत्पादन राम्रो हुने कृषकहरुको विश्वास छ ।
आसपासबाट सरकारी कामकाजका लागि मुगु आउने सर्वसाधारणलाई चिसोले कामकाजमा कष्ट भएको छ ।















प्रतिक्रिया