
काठमाडौं, ११ माघ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको कदम हिजो देखिको पीडा र निराशाको परिणाम भएको बताएका छन् ।
लामिछानेले सामाजिक सञ्जालमा लेख्दै नयाँ दलहरुले पनि आशा जगाउन नसकेको भन्दै माफी मागेका छन् । उनले यस घटनामा आफू पनि दोषी रहेको भन्दै माफी मागेका छन् ।
उनले लेखेका छन्, ‘आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईँमा आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’।
मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।















प्रतिक्रिया