३० कार्तिक २०८३, सोमबार

गृहमन्त्री लामिछानेले भनेः प्रेमप्रसाद जी तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति आफूहरू दोषी रहेको बताएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै गृहमन्त्री लामिछानेले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम रहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री लामिछानेले भनेका छन्ः

आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम हो । दुःख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई  माफ गर्नु होला ।

यो पनिः

यी कुरा उठाएका थिए प्रेमप्रसादले

संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन