३० कार्तिक २०८३, सोमबार

मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई शव फेला

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ११ माघ । मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको छ ।

मंगलबार जिल्लाको हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिकामा दुई शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगर-१८ स्थित पर्यटकीय क्षेत्र गुम्बाडाँडा परिसरमा चितवनको राप्ती-२ बस्ने ५५ वर्षीय गोपालप्रसाद खतिवडाको शव फेला परेको हो ।

यसैगरी जिल्लाको कैलाश गाउँपालिका-६ पकने मराङसिङमा धादिङ गजुरी-४ भुमिढुङ्गा बस्ने २२ वर्षीय शंकर तामाङको शव फेला परेको हो ।

दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।