
काठमाडौं, ९ माघ । कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आजबाट काठमाडौंमा बस्दैछ ।
बैठक आज बिहान बिहान ११ बजेबाट बस्न लागेको हो ।
भोलिसम्म जारी रहने बैठकमा ४ मंसिरमा सम्पन्न निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समिक्षा हुने बताइएको छ ।
पार्टीको भावी वैचारिक र सांगठनिक कार्यदिशा तथा योजना तयार गर्ने क्रममा यो बैठक महत्त्वपूर्ण हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।












प्रतिक्रिया