
काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बस्ने भएको छ ।
बैठक आज सोमबार बिहान साढे ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ ।
कांग्रेसले माघ १५ गते दिउँसो १ बजेको लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसमा विवाद बढ्दै गएको छ ।
आइतबार मात्रै कांग्रेस नेता शेखर कोइराला समूहको भेलाले देउवाको सो कदमको आलोचना गरेको थियो ।
भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर गल्ति भएको बताउँदै पार्टीमा अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या आएको उल्लेख गरेका थिए ।
भेलामा कोइरालाले विश्वासको मत विभाजनमा आफूले नेतृत्वलाई तटस्थ बस्नुपर्ने सुझाव दिएको जानकारी गराएका थिए ।












प्रतिक्रिया