शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्दै मोन्टी देसाई

दैनिक नेपाल २०७९ माघ ८ गते १६:५१

काठमाडौं, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त हुने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो ।

जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो ।

क्यानले प्रशिक्षकका लागि देसाईसँगै, अस्ट्रेलियाका डेभ वाट्मोर, न्युजिल्यान्डका ग्लेन पोकनल, दक्षिण अफ्रिकाका रुसेल डोमिंगो र श्रीलंकाका धम्मिका प्रसादसँग अन्तर्वार्ता लिएको थियो ।

देसाईसँग विभिन्न देशको प्रशिक्षण सम्हालेको अनुभव छ । सन् २०१७ मा देसाई नेपालका ब्याटिङ सल्लाहकार थिए । २०१४ को ट्वान्टी–२० विश्वकप र २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटमा पनि देसाई नेपाली टिमसँग आबद्ध थिए ।

देसाईले अफगानिस्तान र युनाइटेड अरब इमिरेट्सको ब्याटिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित