१ मंसिर २०८३, मंगलबार

अध्यक्ष ओलीलाई भेट्न उपेन्द्र यादव बालकोटमा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

यादवले शनिबार साँझ बालकोट पुगेर ओलीसँग भेट गरेका हुन् । भेटमा अध्यक्ष ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि निर्वाचनमा पनि मिलेर गएको र अब सरकारमा पनि मिलेर अगाडि बढ्नुपर्ने बताउँदै उनले यादवलाई सरकार गठनका क्रममा समस्या आउँदा सबैलाई मिलाएर लैजाने आश्वासन दिएका थिए ।