
काठमाडौं, ७ माघ । प्रतिनिधि सभाको उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित भएकी छिन् ।
शनिबार भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी राना मगर निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनबाट इन्दिरा उम्मेदवार बनेकी थिइन् ।
इन्दिराले नेपाली काँग्रेसकी उम्मेदवार मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् । इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मतदान गरेका थिए ।
यस्तै, नेपाली काँग्रेसकी उम्मेदवार यादवलाई नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मत दिएका थिए ।















प्रतिक्रिया