३० कार्तिक २०८३, सोमबार

चारकोसे जंगलमा नवजात शिशु फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, ६ माघ । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा बिहीबार नवजात शिशु फेला परेको छ ।

कपडामा पोको पारेर जंगलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

नवजात शिशुलाई कसले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।