
काठमाडौं, ६ माघ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ ।
मनोनयन दर्ताको लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म समय तोकिएको छ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन हुनेछ ।

यसअघि बिहीबार सभामुखको लागि मतदान भएको थियो । सत्ता गठबन्धनको नेकपा एमालेबाट उम्मेदवार बनेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए ।
२७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन १३८ मत चाहिनेमा घिमिरेले १६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सभामुखको लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी ईश्वरीदेवी न्यौपानेले एक सय मत प्राप्त गरेकी थिइन् ।












प्रतिक्रिया