३१ आश्विन २०८३, शनिबार

प्रधानसेनापती खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता आयोजना हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता आयोजना हुने भएको छ ।

नेपाली सेनाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ ।

महाशिवरात्री र आफ्नो सेना दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको सेनाले जनाएको छ । प्रतियोगितामा खुला म्याराथन भने पुरुषतर्फ मात्रै हुनेछ ।

हाफ म्याराथनमा महिला र पुरुष दुबै विधा समावेश गरिएको भने प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ । म्याराथनको विजेताले ३ लाख नगद पुरस्कार पाउने छन् ।

यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्नेले क्रमशः नगद पुरस्कार पाउने सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी थिए । यसैबीच विभागीय टोली त्रिभुवन आर्मी क्लबको भलिबल टीमलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ ।

बैंकले भलिबल टोलीलाई १० लाख बराबरको प्रायोजन गरेको हो । आर्मीले प्रायोजन रकम भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ ।