३१ आश्विन २०८३, शनिबार

कांग्रेसले नसकेपछि एमालेले नयाँ कोर्ष बनाउनु परेको हो, यो पाँच वर्षसम्म टिक्छ : योगेश भट्टराई

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ५ माघ । नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री योगेश भट्टराईले कांग्रेसले आफ्नो कोर्ष पूरा गर्न नसकेपछि एमालेले नयाँ कोर्ष निर्माण गरेर अगाडि बढेको बताएका छन् ।

आज बिहीबार प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा व्यक्त गर्दै वर्तमान सत्ता समीकरण आगामी पाँच वर्षका लागि निर्माण भएको र त्यो पाँच वर्षसम्मै रहने दाबी उनले गरेका हुन् ।

‘पुस १० गतेदेखि बनेको नयाँ राजनीतिक कोर्ष पाँच वर्षसम्म जान्छ,’ भट्टराईले भने, ‘कांग्रेसले निर्माण गरेको कोर्ष पूरा गर्न नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ कोर्ष निर्माण गर्नुपरेको हो ।’ उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसप्रति आभार व्यक्त गर्दै त्यसैगरी सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।