३१ आश्विन २०८३, शनिबार

इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । इन्टर मिलानले इटालियन सुपर कपको उपाधि हात पारेको छ ।

गएराती साउदी अरेबियाको रियादमा रहेको किंग फाहद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानले एसी मिलानलाई ३-० गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि हात पारेको हो ।

इन्टर मिलानको जितमा फेडेरिको डिमार्को, एडिन जेको र लाउटारो मार्टिनेजले एक एक गोल गरेका थिए ।