
धनुषा, ५ माघ । मधेश प्रदेश सरकारले आज बिहीबार सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेश आन्दोलन स्मृति दिवसको रूपमा विदा दिने निर्णय गरेको हो ।
मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेश बलिदानी दिवसका रुपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।












प्रतिक्रिया