३० कार्तिक २०८३, सोमबार

एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरे

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । नेकपा एमालेले संघीय संसदको सभामुखका लागि देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए ।

कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन् । सभामुखको निर्वाचनका विषयमा निर्णय गर्न अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा सभामुखका लागि उम्मेदवारी दिने कि नदिनेबारे छलफल हुने र निर्णय गरिने बताइएको छ ।

आज संघीय संसदको सभामुखका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको संघीय संसद सचिवालयले जनाएको छ । सभामुखको निर्वाचन भोलि ५ माघ ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा हुँदैछ ।